काठमाण्डौ,२० माघ । नेकपा माओवादी केन्द्रले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको टिप्पणी गरेको छ । काम चलाउ सरकार रहेको अवस्थामा भएको स्वराजको भ्रमण कुटनीतिक तथा राजनीतिक दुवै रुपमा उपयुक्त नरहेको माओबादि केन्द्रको टिप्पणी छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले निर्वाचनपछि नयाँ सरकार समेत नबनेको अवस्थामा छिमेकबाट उच्चस्तरीय भ्रमण हुनु स्वभाविक नभएको बताउनुभयो । विहिबार नेपाल भ्रमणमा आउनु भएकी भारतीय विदेश मन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि ‘वान टु वान’ वार्ता गर्नु भएको थियो । नयाँ सरकारसँग सहकार्य गरेर अघि बढने सन्देश दिने उद्देश्यका साथ भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमण उपयुक्त समयमा नभएको कुटनीतिक वृतमा पनि चर्चा छ ।