काठमाडौँ ,२१ माघ। आज चार वटा प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो।प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नेछन् । यस्तै प्रदेश ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्दैछिन् । बैठकले सभामुख, उपसभामुखको निर्वाचन मिति तोक्ने छ भने कार्यविधि पनि पारित गर्ने तय भएको छ ।
बैठकमा सहभागि हुन सबै प्रदेशका सांसदहरु हिजो नै आ आफनो प्रदेशमा पुगि सकेका छन । प्रदेश ३ को पहिलो बैठक माघ १८ मै सम्पन्न भइसकेको छ भने प्रदेश १ को माघ २२ गते तोकिएको छ ।

