चिया बेचेर मासिक पचास हजार आम्दानी

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

 

दाङ, २२ माघ । दाङका एक व्यक्तिले चिया बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । तुलसीपुरमा चिया बेच्दै आउनुभएका कमल हलवाइले मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ । दैनिक २०० गिलासभन्दा बढी कालो चिया बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बजारको पसल पसलमा तथा सडकमा उहाँले कालो चिया बिक्री गर्दै आउनुभएको छ । उहाँले रु १० को दरले चिया बेच्दै आउनुभएको छ ।

चिया पकाउन स्टोप, पकाउने भाँडा र गिलास साथैमा लिएर साँझ बिहान तुलसीपुर बजारका विभिन्न गल्लीमा हलवाइले ग्राहकलाई चिया बिक्री गर्नुहुन्छ । बाटोमा चिया बेच्दै गरेका हलवाइले कागती, मरिच, चियापत्ति, चिनी र गिलासमा रकम खर्च हुने गरेको बताउनुभयो ।