काठमाण्डौ,२२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक परिवर्तन प्रति संकेत गर्दै रुखका पातहरु झरेपनि जराहरु कहिल्यै नफेरिने बताउनु भएको छ । आज भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा संचारकर्मीहरु सँग संक्षिप्त कुराकानी गर्दै उहाँले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नसकिने बताउनु भयो । उहाँले हिन्दुत्वको विषयमा आफूले खुला छलफल गर्न चाहेको समेत बताउनु भयो ।
पूर्वराजा शाह भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारत जानु भएको हो ।

