काठमाडौँ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गर्नुभएको छ । मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उहाँको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नुहुनेछ । पुर्वराजा ज्ञानेन्द्र शाहा पनि हिजाे मात्रै एक धार्मिक कार्यक्रममा सहभागि हुन भन्दै भारत गएका थिए । पुर्वराजा शाह गएकाे भाेलिपल्टै राणा पनि भारत जानुलार्इ राजनीतिक बृतमा अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

