काठमाडौँ, २४ माघ । राष्ट्रियसभा सदस्य चयनका लागि अहिले मतदान भर्इ रहेकाे छ । बिहान १० देखि सुरू भएकाे मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भर्इ सकेका छन । निर्वाचित हुन बाँकी ३२ पदका लागि अाज ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।हरियो र रातो रङका चार÷चार प्रकारका मतपत्र रहका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल दुई हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।
संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

