माथिल्लो मनाङमा फेरि हिमपात

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

मनाङ,२३ माघ । मनाङमा आज (मंगलबार) साँझदेखि भारी हिमपात भइरहेको छ।हिमपातका कारण करिब एक फिटसम्म हिउँ जमेको छ।

माथिल्लो मनाङको नेस्याङ, नार्फू र चामे गाउँपालिकामा अत्यधिक हिमपात भएको हो । मनाङ भ्रमणमा गएका विदेशी तथा स्वदेशी पर्यटक भने हिमपातमा रमाइरहेका छन् ।गत वर्षको हिउँदयाममा एक पटकमात्र हिमपात भए पनि यस वर्ष भने एकै महिनामा दुई पटक हिमपात भएको छ।गतवर्षको तुलनामा यसवर्ष अत्यधिक चिसोसमेत बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धालाई समस्या भएको छ।