लागूऔषध मुद्दामा एभरेष्ट होटलका संचालक पक्राउ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं,२५ माघ । २१ वर्षअघिको लागूऔषध मुद्दामा फरार रहेका एभरेष्ट होटलका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत महाराजगंजले आज उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो। १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद भएको थियो।

प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। दुई दिनअघि मात्र एभरेष्ट होटलको शेयरसम्बन्धि विवाद मुद्दा उनले जितेका थिए। उनलाई अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।