जबर्जस्ती करणीमा ८० वर्षसम्मको संलग्नता !

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

हेटौँडा, २५ माघ । बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भएका घटनाले यस घटनाविरुद्ध लागेकालाई चु्नौती थपिनुका साथै समाजमा समेत त्रास फैलिएको छ ।

हेटौँडा पुनरावेदन अदालत, मकवानपुर जिल्ला अदालत र भीमफेदी कारागारबाट प्राप्त तथ्यांकअनुसार जबर्जस्ती करणीमा किशोरदेखि ८० वर्षसम्मका वृद्धको संलग्नता देखिएको छ भने पीडितमा पाँच वर्षीया बालिकादेखि माथिका आफ्नै छोरीमाथि पनि जबर्जस्ती गर्ने समेतको मुद्दा दर्ता छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०६९÷०७० मा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगसँग सम्बन्धित १६ वटा उजुरी परेकामा २०७३÷०७४ मा ३३ वटा उजुरी परेका थिए । अधिकारकर्मीका अनुसार कानून परिमार्जन भएकाले, यस्ता मुद्दामा निरन्तर सुनुवाइ हुने भएकाले र मानिसमा उजुरी गर्नुपर्छ भन्ने चेतना जागेकाले उजुरीको संख्या बढेको हो ।

जबर्जस्ती करणी उद्योग गरेको भनी दर्ता भएका मुद्दामा धेरै अभियुक्तले सफाइ पाएका पनि छन् । प्रमाण जुटाउन नसक्दा यस्तो भएको अधिकारकर्मीरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज दीपा कार्कीका अनुसार शुरुमा पीडितले उजुरी गरे पनि पछि कतिपय अवस्थामा प्रमाण जुटाउन नसक्दा यस्ता मुद्दा फितलो बन्छन् । सम्बन्धित मुद्दाका आरोपितले सजाय नपाएपछि पीडितका तर्फबाट पुनरावेदन गरिएका एकाधबाहेक अरु मुद्दा पुनरावेदन अदालतबाट सदर भएको पुनरावेदन अदालतको तथ्यांकले देखाउँछ ।

आव २०६६÷०६७ देखि चालू आवको कात्तिकसम्म जबर्जस्ती करणीसम्बन्धी १४७ वटा मुद्दा पुनरावेदन परेकोे पुनरावेदन अदालतकोे तथ्यांक छ । यीमध्ये १३० वटा मुद्दा सदर भएको फैसला छ भने १३ वटा मुद्दाको पैmसला उल्टिएको र चार वटा मुद्दाका पैmसला आशिंकरुपमा उल्टिएका थिए । जबर्जस्ती करणी उद्योगका केही मुद्दाबाहेक अधिकांशमा पीडितलाई सजाय भएको छ । अदालतले कानूनबमोजिम पीडितलाई हदैसम्मको सजाय गरेका उदाहरण पनि छन् तर पनि बलात्कारका घटना भने कम भएका छैनन् ।