एमालेले टुंगाे लगाएकाे समानुपातिकका ४१ सांसदमा धेरै जसाे पति पत्नीकै जमघट(सूची सहित)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २८ माघ । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

को – को परे त ?

१ मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नबिना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणीकुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैनाकुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु/महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)