शिवरात्रिमा वर्षा ! 

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाणडाै,२९ माघ ।पश्चिमी वायुको प्रभावका कारण काठमाडौँसहित देशैभर मौसम बदली भएको तथा केही स्थानमा छिटफुट वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण बनेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभर मौसममा बदली भएको र पश्चिमी भेगमा वर्षासमेत भएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार मंगलबार बिहानदेखि नै राजधानीलगायत देशका अरु भागमा वर्षा हुने र अपराह्नदेखि मौसममा सुधार आउनेछ । मौसममा आएको बदलीका कारण राजधानीमा चिसो बढेको छ । महाशाखाका अनुसार आज सुर्खेतमा १५.९, डडेल्धुरामा ११, दिपालयमा ६, जुम्लामा १४, बाँकेमा सात, दाङमा दुई र कैलालीमा ४.२ मिलिलिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम सात डिग्री सेल्सियस छन् ।