काठमाडौँ,१ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र नेत्रविक्रम चन्दलाई समेत पार्टी एकता प्रक्रियामा सहभागी गराउने तयारी गर्नु भएको छ ।
२३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामाआज भएको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अवस्थामा क्रान्ति रद्वन्द्वात्मक भौतिकवादको कुरा सान्दर्भिक नभएको भन्दै एमाले सँगको एकता प्रक्रियामा सहभागी हुन अपिलगर्नु भयो ।
जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताउनु भयो। सबै कम्युनिष्टलाई एक ठाउँमा हुनु पर्नेमा समेत जोड दिनु भयो ।

