सबै तहको निर्वाचन सफलतापुर्वक सम्पन्न गराएकोमा आयोगलार्इ दियाे अाेली सरकारले धन्यवाद

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,३ फागनु । ओली मन्त्रिपरिषद्को पहिलो बैठकले सबै तहको निर्वाचन सफलतापुर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग सहित सबै मतदातालाई धन्यवाद दिएको छ ।नवनियुक्त प्रधानमन्त्री केपि शर्मा ओलीले सिंहदरबारमा पदभार ग्रहण लगत्तै बसेको मन्त्रि परिषद्को बैठकले स्थानीय तह, प्रदेश र संघीय संसद् तथा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग सहित सब ैमतदातालाई धन्यवाद ज्ञापन गरेको हो । ३ सदस्य बनेको मन्त्रिपरिषद्को बैठकले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुति दिने शहिद प्रति श्रद्धान्जली पनि दिएको छ । यस्तै बैठकले सबै प्रदेशको सदरमुकाममा रंगशाला सहितको आधुनिक खेलग्राम निर्माण गर्ने साथै सबै प्रदेशमा प्राविधिक तथा ब्यबसायिक महाबिद्यालय बनाउने निर्णय गरेको छ । यस्तै मन्त्रि परिषदको बैठकले सबै स्थानीय तहमा उद्योग ग्राम बनाउने निर्णय पनि गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रि थममाया थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रि नियुक्त भए लगत्तै प्रधानमन्त्री ओलीले २ सदस्य मन्त्रिमण्डल गठन गर्नु भएको थियो । मन्त्रि थममाया थापा संगै लालबाबु पण्डित जनसंख्या तथा बाताबरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।