‘सर्वसम्मतिमा भए मात्रै अाफु संसदीय दलको नेतामा जाने’ : काेइराला

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

चितवन, ८ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नु पर्ने र त्यो अधिवेशनबाट हुने बताउनु भयाे ।

महामन्त्री डा कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी गर्नुभयो ।
महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उहाँले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने धारणा व्यक्त गर्नुभयो ।

महामन्त्री डा कोइरालाले पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतिमा भए मात्रै संसदीय दलको नेतामा जाने जिकिर गर्नुभयो । चुनाव हुने अवस्थामा भने नजाने उहाँले प्रस्ट्याउनुभयो । महामन्त्री डा कोइरालाले काँग्रेसले चुनावका बेलामा केही दलसँग सहकार्य गरेको जानकारी दिँदै अब विभिन्न दल मिल्ने विषयमा काँग्रेस गम्भीर रुपमा अघि बढ्ने बताउनुभयो ।