डा केसीको अवहेलना मुद्दामा पेशी फागुन १५ का लागि ताेकियाे

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, ८ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुभ्mनुभएको छ ।

डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । डा केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो । न्यायालयको शुद्धीकरणका लागि आफूले यो कदम चाल्नुपरेको डा केसीको भनाइ छ । सर्वोच्च अदालतको गत पुस २६ गतेको आदेशअनुसार डा केसी आज अदालतमा हाजिर हुन आउनुभएको हो । अदालतले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको रोहबरमा अदालतमा उपस्थित गराउने गरी डा केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत काम गरेको अभिव्यक्ति दिएर अनशन शुरु गरेपछि अदालतले अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।