तीन जिल्ला जोड्ने सडक निर्माण रोकियो, स्थानीय आन्दोलित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

भक्तपुर, १० फागुन । भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो ।

सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर्माणमा कार्यालयले रोक लगाएपछि आक्रोशित स्थानीयले उक्त सडकमा दुई दिनदेखि प्रदर्शन गर्नुका साथै जिल्ला वन कार्यालयमा गएर ज्ञापनपत्रसमेत बुझाएका छन् । स्थानीय होटल व्यवसायी रामसुन्दर बकेले सिपाडोलको पाइलटबाबा आश्रम हुँदै घ्याम्पेडाँडादेखि, रानीकोट, आशापुरीलगायतका क्षेत्र पर्यटनको आकर्षण बनिरहेको बेला सडक विस्तारमा अवरोध हुँदा भक्तपुर र काभ्रेका बासिन्दालाई समस्या पर्नुका साथै भर्खरै शुरु भएको पर्यटन व्यवसायसमेत धरासायी बन्दै गएको बताउनुभयो ।