नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

 

काठमाडौँ, १० फागुन । नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरेको आज जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
साथैबैठकमा नयाँ सरकारले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमासमेत छलफल हुने बताईएको छ ।