इम्नेष्टिको अध्ययन प्रतिवदेन सार्वजनिक,नेपालमा दण्डहिनता माैलाउँदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाणडाै,१० माघ ।  नेपालमा दण्डहिनताले गहिरो रुपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक भएको छ । एम्नेष्टि इन्टरनेशनलले जारी गरेको विश्वको मानव अधिकारको अवस्थासम्बन्धि अध्ययन प्रतिवेदनमा नेपालमा दण्डहिनताले गहिरो जरा गाडेको उल्लेख गरिएको हो । आज विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेष्टिको नेपाल शाखाले सत्य, न्याय र परिपुरण लगायतका मानव अधिकार उलंघनका घटनाहरु पुनः नदोहोरिने सुनिश्चित गर्नेतर्फ नेपाल सरकार र राजनीतिक दलहरु आफै अग्रसर नभएको प्रतिवेदनले देखाएको जानकारी समेत गराएको छ । सुरक्षा फौजबाटै मारिएका नागरिकहरुबारे व्यापक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्ने काममा सरकार र राजनीतिक दलहरु तयार नदेखिएको प्रतिवेदनले औंल्याएको एम्नेष्टि नेपाल शाखाकी अभियान अधिकृत अस्मिता सापकोटाले जानकारी दिनु भयो ।

त्यसैगरी एम्नेष्टिले नेपालले भूकम्प र बाढि पहिरो पीडितलाई आवासको अधिकार दिलाउन समेत असमर्थ रहेको जनाएको छ । संविधान संशोधन गर्न माग गर्नेहरुमाथि अत्याधिक बल प्रयोग गरिएको, श्रमिक अधिकार स्थापित गर्न नसकेको, यातना र दुव्र्यवहार अन्त्य गर्न नचाहेको पनि प्रतिवेदनमा औल्याएको छ ।एम्नेष्टिले सन् २०१७ मा विश्वमै मानवता विरुद्धको अपराध बढन गएको पनि स्पष्ट पारेको छ । त्यसैगरी दक्षिण एशीयामा अभिव्यक्ति स्वतन्त्रतामाथि नै दमन गरिएको उल्लेख गरिएको छ । बंगलादेश, पाकिस्तानमा पत्रकार र मानव अधिकारकर्मीमाथि नै निशाना बनाउने अभियाननै संचालन गरिएको प्रतिवेदनले देखाएको पनि नेपाल शाखाकी अभियान अधिकृत सापकोटाले बताउनु भयो ।एम्नेष्टि इन्टरनेशनलले हरेक वर्ष विश्वमा मानव अधिकारको अवस्थासम्बन्धि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।