प्रेसर कुकर बम विष्फोट

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।
उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।