काठमाडौं महानगरपालिका धूमपान मुक्त सहर घोषणा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं ,११ फागुन । काठमाडौं महानगरपालिकालाई धूमपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गरिएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई धूमपान तथा सूर्तिजन्य पदार्थ मुक्त सहर घोषणा गर्नु भएको हो । मेयर शाक्यले मुटु रोग, श्वासप्रश्वाससम्बन्धि रोग, क्यान्सर, मधुमेह जस्ता प्राणघातक रोगबाट बचाउन पनि यस्ता अभियानमा संचालन गर्नु परेको पनि स्पष्ट पारे ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमै नेपालका महिलाहरु सबैभन्दा बढी धूमपान गर्ने गर्छन् । नेपाल सरकारले धूमपान नियन्त्रण गर्दै लैजाने योजना अनुसार २०४९ सालदेखि नै सार्वजनिक रुपमा धूमपान गर्न निषेध गरेको छ । यो अभियानबाट महानगरपालिकामा धूमपान तथा सूर्तिजन्य पदार्थको सेवनमा उल्लेख्य कमी आउने विश्वास गरिए पनि घाेषणलार्इ कार्यान्यन गर्न भने चुनाैती देखिएकाे छ ।