काठमाण्डौ,१५ फागुन । संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो । फोरमले संविधान संशोधनसँगै परराष्ट्रसहित तीन मन्त्रालय माग गरेको छ ।
वार्तामा सहभागी संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छलफललाई चाँडै टुंग्याउने सहमति भएको बताउनु भयो।तीन बुँदे सहमतिको ड्राफ्ट तयार गरिए पनि अन्तिम रुप दिने कार्य भने बाँकी नै रहेको छ ।सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताहरु केहिदिन यता निरन्तर छलफलमा जुटेका छन।

