चितवन,१६ फागुन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ । होली पर्वलाई ध्यान दिँदै भोलि र पर्सि चौबीसै घन्टा सडकमा आवागमन खुला गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सो सडकखण्डमा रातको समयमा ६ घण्टा गाडी रोकेर सडक निर्माणको काम गरिँदै आएको छ । अहिलेसम्म ७४ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिनु भयो ।