चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने : अर्थ मन्त्रालय

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, २३ फागुन । चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको बजेटमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।

त्यसैगरी समीक्षा अवधिमा ३.५ प्रतिशत मुद्रास्फ्रीति कायम रहेको र चालु आवको अन्त्यसम्ममा ६ प्रतिशत रहने अनुमान गरिएको छ । मुद्रास्फ्रीति ७ प्रतिशतमा राख्ने लक्ष्य लिइएको थियो । यस अवधिमा वैदेशिक रोजगारको संख्या १.८ प्रतिशतले घटेको र विप्रेषण आप्रवाहमा पनि ०.५ प्रतिशतले ह्रास आएको आज अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्थवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।