प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, २३ फागुन ।विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) का अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिनुभएको थियो । फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए ।