आज सभामुखको उम्मेदवारी दर्ता हुँदै, भोलि निर्वाचन हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौं ,२५ फागुन। भोलि हुने संघीय संसदको सभामुख चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ । सचिवालयले आजै दिउँसो साढे १ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मतदान भने भोलि दिउँसो १ बजे हुनेछ ।

सभामुखको उम्मेदवारी दर्ताको समय नजिकिए पनि दलहरुले अझै आफ्ना उम्मेदवार टुंग्याएका छैनन् । वाम गठबन्धनको तर्फबाट माओवादीका कृष्णबहादुर महरा र सुवास नेम्वाडको नाम चर्चामा रहे पनि टुंगो भने लाग्न सकेको छैन । नेकपा एमाले विगतका अनुभवको आधारमा सभामुखमा नेम्वाडलाई नै बनाउनु पर्नेमा जोड दिदै आए पनि माओबादीले भने भागबण्डाको आधारमा सभामुख आफुलाई चाहिने अडानमा छ । यद्यपी सहमति कायम गर्न प्रधानमन्त्री एब एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष दाहालबीच अहिले छलफल भई रहेको छ । प्रतिनिधी सभामा सत्तापक्षको नै बहुमत कायम भएकाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने उम्मेदवार नउठाउने भएको छ ।