दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ, २५ फागुन ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

गैरसरकारी संस्थाले किस्ता नदिई आवास पुनःनिर्माण गरेका वा एकीकृत बस्ती विकासअन्तर्गत अनुदान प्राप्त लाभग्राहीले पनि सरकारी अनुदान लिएको भए फिर्ता गरिने छ । सामाजिक संस्थाले प्राधिकरणसँग सम्झौता नगरी आवास पुनःनिर्माण वा एकीकृत बस्ती बनाइदिएका लाभग्राहीले लिएको सरकारी अनुदान पनि फिर्ता गर्नुपर्नेछ । जनता आवासलगायत अन्य माध्यमबाट घर बनाएका लाभग्राहीले पनि तीन किस्ताको रु तीन लाख अनुदान पाउने छैनन् ।