बंगाल विमान दुर्घटनाका ११ शवको पोष्टमार्टम सकियो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ फागुन । शिक्षण अस्पताल महाराजगंजले बंगाल एयर विमान दुर्घटनामा परी मृत्यु भएका ११ जनाको शव पोष्टमार्टम गरिएको जनाएको छ ।अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले दुर्घटनामा परी मृत्य भएका ४९ शवमध्ये ११ जनाको पोष्टमार्टम रिर्पोट मंगलबार साँझसम्म तयार गरिएको जानकारी दिनु भएको हो । उहाँले अस्पतालमा पत्रकार सम्मेलन गरी शव जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको पनि स्पष्ट पार्नु भयो ।

चिकित्सक श्रेष्ठले मृतकहरुको विवरण परिवारका सदस्यबाट लिने क्रमलाई पनि जारी राखिएको बताउनु भयो । डिएनए परिक्षण गरेपछि मात्रै शव पहिचान हुने अस्पतालको भनाई छ । सोमबार अवतरणको क्रममा बंगाल एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना लगत्तै सरकारले घटनाको छानवीन गर्न नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।