कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर : नेता सिंह

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

दमक, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली कांग्रेस दमक नगर समितिले आज आयोजनामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले कांग्रेस संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर बन्दै गएको औंल्याउनुभयो । ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न पनि पार्टीभित्र गाह्रो हँुदै गएको उहाँले टिप्पणी थियो ।

महाधिवेशन भएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभिन्न उप समितिसमेत दुई वर्ष बित्दा पनि गठन नभएको तथा पार्टीको केन्द्रीय समितिले समेत पूर्णता नपाएको भन्दै पार्टीका पूर्व महामन्त्री सिंहले अब पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नसके पार्टीनै मासिन सक्ने अवस्था आउने धारणा राख्नुभयो ।