पराजुली हटे,कामु प्रधानन्यायाधीश जोशीबाट पदभार ग्रहण

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

 

काठमाडौँ, १ चैत ।सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ । कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ ।

न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो ।