काठमाडौं,१ चैत। कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालयभित्रको अराजकता र विकृति सुधार गरेर अगाडि बढ्ने बताउनु भएको छ।
आज कामु प्रधानन्यायाधीशका रुपमा पदभार सम्हालेपछि सर्वोच्च अदालत परिसरमा संचारकर्मीहरु सँग कुराकानी गर्दै जोशीले न्यायालयभित्रका गलत प्रवृत्तिको अन्त्य गरी यसको गरिमा कायम राख्ने अठोट ब्यक्त गर्नु भयो ।
न्यायालयभित्र देखिने विकृति र अराजकताले यसको गरिमा खस्किए जस्तो देखिए पनि अब त्यस्ता अराजकताले न्यायालयमा ठाउँ नपाउने उहाँको भनाई थियो । सर्वोच्च प्रशासनले आजदेखि वरिष्ठतम न्यायाधीश जोशीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।

