मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

 

काठमाण्डौ,२ चैत ।नेपाल निर्माण व्यवसायी महासंघ मातहतको एसोसिएट्स सदस्य समन्वय समितिले कार्य समिति बैठकले निर्माण सामग्रीमा भइरहेको अप्रत्यासित तथा अप्राकृतिक मुल्य बृद्धि तत्काल फिर्ता लिन सरोकारवालाको गम्भीर ध्यानकर्षण गराएको छ ।

देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भइरहेको मूल्यवृद्धिका कारण देशभरका निर्माण व्यवसायीहरु ठूलो मारमा परेको एसोसिएट्स सदस्य समन्वय कार्य समितिका सहसंयोजक विष्णु बुढाथोकीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ ९१० को अपवाद अनुच्छेदमा उल्लेख भए अनुसार निर्माण सामाग्रीमा भएको अप्रत्यासित मूल्य घटबढको मूल्य समायोजन सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन पनि बैठकले अनुरोध गरेको छ ।

अहिले छडमा प्रति किलो १५ देखि १८ रुपैया, सिमेन्टमा प्रतिबोरा लगभग २०० रुपैया, अलकत्रामा प्रति केजी ८ देखि १० रुपैया वृद्धि भएको छ ।भारतबाट आयातीत सिमेण्टहरुमा नेपाल गुणस्तर प्रदान गर्ने वर्तमान प्रक्रिया अत्यन्त लामो तथा झन्झटिलो रहेकाले प्रक्रिया सरलीकरणका लागि तत्काल ठोस पहल गरिदिन पनि बैठकले सरोकारवाला निकाय समक्ष अनुरोध गर्ने निर्णय गरेको बुढाथोकीले जानकारी दिनुभयो ।