सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको देउवाको आरोप

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

चितवन,४ चैत ।प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भिर आरोप लगाउनु भएको छ । सभापति देउवाले न्यायालयमाथि हुने हस्तक्षेप काँग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिनु भयो ।

उहाँले गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधिशबाट पदमुक्त गरेकोतर्फ संकेत गर्दै न्यायालयमाथिको हस्तक्षेप सैह्य नहुने बताउनु भएको हो । आईतबार चितवनको रत्ननगरमा सुरु भएको नेपाल निजामती कर्मचारी युनियनको सातौं महाधिवेशन उदघाटन गर्दै सभापति देउवाले सरकारलाई दुई तिहाईको दम्भ देखाउने काम नगर्न पनि सचेत गराउनु भयो । उहाँले न्यायालय र कर्मचारी तन्त्रलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्नेमा समेत जोड दिनु भयो ।सभापति देउवाले सरकार दम्भका साथ अघि बढे डटेर सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो ।