दिपक मनाङेका नाममा रेड कर्नर

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,४ चैत ।प्रदेशसभा ४ को मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात दिपक मनाङेका नाममा अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको छ ।
रेडकर्नर नोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनाङेको खोजी गर्नेछन् । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् ।