बाग्लुङ,६ चैत । बागलुङको ढोरपाटन नगरपालिका १ गरगरेमा आज बिहान यात्रुबस दुर्घटना हुँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।
रुपन्देहीको बुटवलबाट बाग्लुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस बिहान बिहान साढे चार बजे दुर्घटना भएको हो ।बस सडकबाट करिब २५ मिटर तल बडीगाड खोलामा खसेको छ ।
घाइतेमध्ये एक जना भारतीय नागरिकको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाका अनुसार १५ जना यात्रुहरुलाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । एकजना बृद्धाको अवस्था अज्ञात रहेको छ । बस चालक निदाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

