शिक्षा एेन नवौं संशोधनको विरोधमा नेविसंघ आमरण अनशनमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

 

काठमाडौं ,१२ चैत । शिक्षा एेन नवौं संशोधनको विरोधमा कांग्रेस निकट नेविसंघले आज देखि आमरण अनशन शुरू गर्ने भएको छ।संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताउनु भयो।

अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको नेविसंघको ठहर छ । शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षक हरुलाई स्थायी गर्न लागिएको भन्दै नेविसंघले चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न पनि माग गरेको छ।२२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन्।