काठमाण्डौ,१४ चैत । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले अघिल्लो बषको तुलनमा २२ दिन बिदा कटौति गर्दै २०७५ सालमा ८९ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले आर्थिक संमृद्धिलाई पहिलो प्राथमिकतामा राखेको तर सरकारी कार्यालयहरुमा काम गर्ने दिन कम भएकाले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो ।
त्यसैगरी आजको बैठकले स्थानीय तहको अन्तरिम सांगठनिक संरचना सम्वन्धी ऐनलाई पारित गर्दैे देशभरका स्थानीय तहमा ५७ हजार २ सय ५४ कर्मचारी पठाउने निर्णय गरेको छ ।त्यसैगरि वैठकले मन्त्रिपरिषदको चिकित्सकमा डा. दिव्या सिंह शाह र डा. दिलिप शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै वैठकले जापान सरकारको सहयोगबापत आएको ६८ करोड ६० लाख रुपैया निकासा दिने निर्णय समेत गरेको छ ।

