स्वामीजीको नौलो प्रयोग -आफ्नै चिताको अनावरण (फोटो फिचर)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , ८ वर्ष अगाडि

पोखरा । जीवनको एक मात्र सत्य भनेको मृत्यु हो भन्ने बोध गराउने उद्देश्यले पोखरामा मृत्यु पार्क निर्माण गरिएको छ । ओशो उपवन पोखरामा नवनिर्मित डेथ पार्कको बोधिसत्त्व स्वामी आनन्द अरुणद्वारा उदघाटन गरिएको छ । मृत्यु अकाट्य सत्य भन्नेबारे जागरण अभियानको रुपमा सो पार्क उदघाटन गरिएको सम्बद्ध पक्षले जनाएको छ ।

मृत्यु पार्क उदघाटन एवम् जागरण कार्यक्रममा  बोधिसत्त्व स्वामी आनन्द अरुणले भन्नुभयो ‘मृत्युसँग साधारण मानिसहरु तर्सिन्छन्, डराउँछन् तर मृत्युको सत्यसँग परिचित सन्यासीहरु यसलाई उत्सवका रुपमा मनाउँछन् ।’
उहाँले कुनै पनि गलत विचार, गलत काम, अरुप्रति हानी पुऱ्याउने भाव मनमा जागृत भयो भने त्यस्तोबेला हामी के लिएर जाँदैछौँ भनी सोच्न आग्रह गर्नुभयो । को कतिबेला मृत्युको मुखमा पुग्छ, कसैलाई थाहा छैन भन्दै उहाँले हरेक क्षण मृत्युसँग नजिक हुँदै गइरहेको मनन गरी त्यसलाई सहज र स्वाभाविक रुपले स्वीकार गर्न तयार रहनुपर्ने बताउनुभयो ।

पोखरामा उदघाटन गरिएको मृत्यु पार्क विश्वमै पहिलो प्रयोग हो ।