पुनःनिर्माणलाई गति दिन प्रधानमन्त्री ओलीको निर्देशन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१८ चैत । प्रधानमन्त्री छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणलाई गति दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकमा प्राधिकरणका अधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तीन बर्ष बित्न लाग्दा पनि निजी आवास र सम्पदाको पुनःनिर्माण आशातित नभएको भन्दै स्पष्ट योजनाका साथ नागरिकले तत्काल महसुस गर्ने गरी काम अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिनुभएको हो । ऐतिहासिक स्थलको पुनःनिर्माणका विवाद भन्दा समन्वयको खाँचो रहेको भन्दै प्रधानमन्त्री ओलीले धरहरा, काष्ठमण्डप, रानीपोखरीजस्ता सम्पदास्थल संभव भएसम्म पुरानै शैलीमा निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले एक बर्ष्भित्र देखिने गरी हर क्षेत्रको पुनःनिर्माण गर्न निर्देशनसमेत दिनुभएको छ ।

बैठकले भूकम्प अति प्रभावित १४ जिल्लाका एक एक सांसदहरुलाई निर्देशक समितिको सदस्य हुने पनि निर्णय गरेको छ । बैठकमा सहभागिहरुले पुनःनिर्माणको गति अत्यन्त सुस्त रहेको र अनुदान पाउने प्रक्रियासमेत झन्झटिलो रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।