चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सिन्धुली, २ वैशाख ।नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

शव स्टेशनमा रहेको १५०० केभिएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई सहजताका साथ विद्युत् उपलब्ध गराउन नसकिएको प्राधिकरण सिन्धुली शाखाका प्रमुख लिलानाथ अर्यालले बताउनुभयो ।उक्त ट्रान्सफर्मरबाट सिन्धुलीको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत् वितरण हुने गरेको थियो ।