गौशाला, ३ वैशाख । महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ । अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् ।
ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल गइसकेर ती विभिन्न गाविसमा रहेका २०० भन्दा बढी इनार सुकिसकेको छ भने बाँकी इनारको पानी पनि पाताल लागिसकेको गौशालाका हजारी साहले बताउनुभयो । सयौँ इनार एकैचोटि सुकिदिँदा त्यस क्षेत्रमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र त्यस्तै बाँकी इनारबाट एक गाग्री पानी निकाल्न पनि निक्कै समय खर्चिन परेको बेलगाछीका काशी महतोले बताउनुभयो ।

