काठमाण्डौ,३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वढाएको छ । निगम सञ्चालन समितिको बैठकले सोमबार राति १२ बजेवाट लागू हूने गरि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य बढाएको हो । पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ । मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ । अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ ।

