मनाङे डिल्लीबजार कारागार चलान

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाडौँ, ७ वैशाख । महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी जेल चलान गरेको छ । विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको छ ।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए । उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरेको थियो ।