काठमाण्डौ,७ वैशाख। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बन्द भएको आन्तरिक तथा बाह्य उडान सूचारु भएको छ । मालिन्दो एयरको विमान दुर्घटनामा परेपछि विहिबार राति १० बजेबाट अवरुद्ध भएको आन्तरिक तथा बाह्य उडान शुक्रबार विहान पौने ११ बजेबाट सूचारु भएको हो ।
मालिन्दो एयरको बी ७३७ नाइन हन्ड्रेट सेरिजको विमान उडान भर्ने क्रममा प्राविधिक कारणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको घाँसे मैदानमा चक्का भाँसिएको थियो । सोही कारण अवरुद्ध भएको विमानस्थलको आन्तरिक तथा बाह्य उडान शुक्रबार विहान पौने ११ बजेबाट संचालन गरिएको विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनु भयो ।
उहाँले करिव ११ बजे पत्रकार सम्मेलन गरी सो विमानलाई धावनमार्गको पूर्वतर्फ सारेर राख्ने व्यवस्था मिलाएपछि अवरुद्ध सबै उडानहरु सुचारु गर्न सकिएको पनि स्पष्ट पार्नु भयो । विमानस्थलले यात्रुहरुको चापलाई ध्यानमा राखेर २४ घण्टासम्म उडान संचालन गर्न लागिएको पनि जानकारी दिएको छ ।

