काठमाडौँ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच,राष्ट्रपति भण्डारीले संघीय संसदको सचिवमा राजेन्द्र फुयाल र गोपालनाथ योगीलाई आज नियुक्त गर्नु भएको छ ।फुयाल राष्ट्रिय सभा र योगीलाई प्रतिनिधिसभाको सचिवमा सरकारको सिफारिसमा राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गरेका हुन् ।फुयाल नियुक्त हुनुअघि कान्तिपुर दैनिकमा आबद्ध थिए भने योगी यसअघि गैरसरकारी संस्था महासंघसंग आबद्ध थिए ।

