साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पनि हिरासतमा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

 

काठमाण्डौ ,१६ वैशाख । साढे ३३ केजी सुन प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् ।घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो ।
उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।प्रहरीका अनुसार उनको बयान चित्त बुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो ।यसअघि गत १८ फागुनमा केसी नेतृत्वको प्रहरी टोलीले बिराटनगरको पोखरियामा गाडीको डिकीबाट सनम शाक्यको शव बरामद गरेको थियो ।

आइतवार डिएसपी केसीविरुद्ध म्याद थप भएपछि ३३ किलो सुन तस्करी र त्यससँगै जोडिएको सनम शाक्य हत्या प्रकरणमा प्रहरी हिरासतमा हुनेको संख्या २८ पुगेको छ । जसमध्ये ४ जना वहालवाला र १ जना पूर्व प्रहरी अधिकारी पनि छन् ।