नवनियुक्त सचिवद्धय फुयाँल र योगीद्वारा शपथ 

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

 

काठमाण्डौ,१९ वैशाख । राष्ट्रियसभाका नवनियुक्त सचिव राजेन्द्र फुयाँल र प्रतिनिधिसभाका नवनियुक्त सचिव गोपालनाथ योगीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संघीय संसद् सचिवालयमा आज एक समारोहकाबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिव फुयाँललाई र सभामुख कृष्णबहादुर महराले सचिव योगीलाई शपथ दिलाउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको सिफारिशमा फुयाँललाई र सभामुख महराको सिफारिशमा योगीलाई सचिवमा नियुक्ति गर्नुभएको हो ।