मर्ज लगतै एनआइडिसी र बाणिज्य बैंकको एकीकृत कारोबार सुरु

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौं,१९ वैशाख। मर्ज भए लगतै एनआइडिसी डेभलपमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले बुधवार बाट एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबारको अर्थमन्त्री डा युवराज खतिवडाले शुभारम्भ गर्नु भयो ।

एकिकृत कारोबार शुभारम्भको अवसरमा डेपुटी गभर्नर चिन्तमणी शिवाकोटीले राष्ट्र बैंकले ७५३ वटा स्थानीय तहमा २०७५ असार मसान्तसम्ममा अनिवार्य रुपमा क वर्गका बैंककले शाखा स्थापना गरिसक्नु पर्ने नीति बनाए अनुरुप बैंकहरुलार्इ आफ्नो भागबण्डामा परेको स्थानमा शाखा विस्तार गर्न निर्देशन दिनु भयो।

साथै उहाँले वित्तीय बजारलार्इ हेरेर कर्मचारी व्यवस्थापन गर्न पनि सुझाब दिनु भयो ।कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकलार्इ अझ सबल र सुदृढ बनाउने चुनौती रहेको बताउनु भयो ।

दुर्इ संस्था मर्ज भएसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ करोड रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ३० करोड रुपैयाँ साथै कुल सम्पत्ति एक खर्ब ८२ अर्ब रुपैयाँ पुग्ने श्रेष्ठले बताउनु भयो।