काठमाण्डौ,२० वैशाख । ३३ केजी सुनकाण्डका ६ अभियुक्तको बयान लिने क्रम आज पनि जारी रहयो। आज कार्यालय समय सकिएकाले भोलि पनि बयान लिने क्रम जारी रहने अदालतले जनाएको छ।जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्णभन्ने नरेन्द्र कार्कीको बयान जारी रहेको हो । उनीहरूको छुट्टाछुट्टै बयान लिइएको हो ।
बुधबार जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। पहिलो चरणको बयान सकिएपछि थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा छोडेर गर्ने भन्नेबारे त्यसपछि थुनछेक बहस हुनेछ।जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ। उनीहरूसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

