रुकुम, २३ वैशाख ।रुकुम पूर्वमा रहेका विद्यालय आजदेखि बन्द भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक हिमाली पाटनतर्फ जान थालेपछि यहाँका विद्यालय बन्द हुन थालेका हुन् ।
यार्साको समयमा त्यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । जेठको दोस्रो सातादेखि खुला गरिने यार्सा टिप्न वैशाख दोस्रो सातादेखि नै उनीहरु पाटनतर्फ जान्छन् । त्यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र शिक्षकहरुसमेत पाटनतर्फ जाने गर्छन् ।
विद्यालय बन्दका बारेमा केही जानकारी नगराएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यहाँका विद्यालयले बर्खे बिदासँग यो बिदा मिलाउँदा पढाइमा त्यति समस्या नहुने उहाँको भनाइ छ ।

