काठमाडौँ, ३0 वैशाख । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो अाज देखाइएकाे छ ।गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाएका हुन ।यो जात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह जावलाखेल जानु भएकाे थियाे ।
वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

